सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आइतबार प्रदेश सभामा प्रस्तुत गरिएको बजेटमा प्रदेश राजधानीको विकास तथा पूर्वाधार निर्माणलाई व्यवस्थित र योजनाबद्ध बनाउन गुरुयोजना तयार गर्ने उद्देश्यले उक्त रकम छुट्याइएको हो।
आर्थिक मामिला मन्त्री चक्र मल्लका अनुसार गुरुयोजनामार्फत राजधानी क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार, सडक सञ्जाल तथा अन्य संरचनाको विकासलाई योजनाबद्ध रूपमा अघि बढाइनेछ।
गुरुयोजना निर्माणपछि प्रदेश राजधानीको समग्र विकासलाई व्यवस्थित बनाउँदै आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकताका आधारमा अगाडि बढाउने प्रदेश सरकारको लक्ष्य रहेको छ।
प्रतिक्रिया दिनुहोस