नेकपा संयुक्तका नेता तथा जनता टिभीका सञ्चालक डा. विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार अस्पताल पुर्याउने क्रममा पौडेलको निधन भएको हो।
लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका पौडेल एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए। त्यसपछि उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए।
राजनीति र सञ्चार क्षेत्रमा सक्रिय पौडेलको निधनले दुवै क्षेत्रमा क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस