नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर २ लाख ९० हजार २०० रुपैयाँ पुगेको छ।
आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर २ लाख ८९ हजार ७०० रुपैयाँमा झरेको थियो। शुक्रबार भने सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँ बढेको छ। आइतबार ५० रुपैयाँ घटेको चाँदी सोमबार बढेर प्रतितोला ४ हजार १८५ रुपैयाँ पुगेको हो। शुक्रबार चाँदी प्रतितोला ४ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस