बबरमहल, काठमाडौं
समाचार तथा सूचनाका लागि:
businessnewsnepal1@gmail.com /
news@businessnewsnepal.com
विज्ञापनका लागि:
marketing@businessnewsnepal.com /
businessnewsnepal1@gmail.com
सम्पर्क : 9851347485 / 9804665174
सूचना तथा प्रसारण विभाग : ३९३२
प्रेस काउन्सिल सूचीकरण नं. : ३९१५
सञ्चालक: प्रदीप चौधरी
सम्पादक: अन्जना चौधरी
सह-सम्पादक: महेश पाण्डेय
संवाददाता: राम भट्ट
संवाददाता: समीक्षा मगर
संवाददाता: संगिता तामाङ
बिजनेश न्यूज नेपाल - Business News Nepal :आर्थिक समाचार, विश्वसनीय विश्लेषण
बिजनेश न्यूज नेपाल प्रा.लि.द्वारा सञ्चालित बिजनेश न्यूज नेपाल (www.businessnewsnepal.com) नेपालको अर्थतन्त्र, आर्थिक नीति, व्यापार,व्यवसाय तथा समाज र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा समाचार, तथ्य, डेटा, विचार,विमर्श र विश्लेषण प्रस्तुत गर्ने डिजिटल आर्थिक सञ्चारमाध्यम हो।
अर्थतन्त्रसँग सम्बन्धित हरेक घटना, नीति र निर्णयले नागरिकको दैनिक जीवन, व्यवसाय, लगानी, रोजगारी र मुलुकको समग्र विकासमा प्रभाव पार्छ। त्यसैले Business News Nepal आर्थिक घटनालाई केवल समाचारका रूपमा प्रस्तुत गर्नेभन्दा त्यसको कारण, प्रभाव, पृष्ठभूमि, तथ्य र सम्भावित परिणाम समेत उजागर गर्ने प्रयास गर्छ। हामी ‘के भयो?’ मात्र होइन, ‘किन भयो? यसको प्रभाव के पर्छ?’ भन्ने प्रश्नको समेत खोजी गर्छौं।
अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण नीति तथा मुद्दामाथि सघन विमर्श गर्ने, तथ्य र सूचनाको प्रसार गर्ने तथा बहसलाई निष्कर्षतर्फ अघि बढाउने Business News Nepal को मूल उद्देश्य हो। राज्य, सरकार तथा सार्वजनिक निकायका आर्थिक नीति र निर्णयदेखि कर्पोरेट क्षेत्र, बैंक तथा वित्तीय संस्था, पूँजी बजार, उद्योग–व्यवसाय, लगानी, पूर्वाधार, ऊर्जा, कृषि, व्यापार, प्रविधि र उद्यमशीलता लगायत अर्थतन्त्रमा प्रभाव पार्ने गतिविधि हाम्रो सम्पादकीय प्राथमिकतामा पर्छन्।
तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय आर्थिक पत्रकारितामार्फत जटिल आर्थिक विषयलाई सरल, स्पष्ट र बुझिने भाषामा प्रस्तुत गर्नु हाम्रो सम्पादकीय प्रतिबद्धता हो। समाचारसँगै आवश्यक डेटा, तथ्य, सन्दर्भ र विश्लेषण उपलब्ध गराउँदै पाठकलाई घटनाको वास्तविक अर्थ र प्रभाव बुझ्न सहयोग गर्नु हाम्रो प्रयास हो।
आजको समाचार भोलिको आर्थिक इतिहासको अभिलेख पनि हो। त्यसैले नेपालको अर्थतन्त्र, नीति, बजार, व्यवसाय र सामाजिक–आर्थिक परिवर्तनका महत्वपूर्ण घटनालाई तथ्य र सन्दर्भसहित व्यवस्थित रूपमा अभिलेख गर्दै विश्वसनीय आर्थिक सूचना, उपयोगी डेटा र अर्थपूर्ण विश्लेषणको प्रमुख डिजिटल केन्द्रका रूपमा स्थापित हुनु बिजनेश न्यूज नेपालको दीर्घकालीन लक्ष्य हो।