२०८३, कार्तिक १९ गते

पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई दियो ९८ रनको लक्ष्य

मंगलवार , कार्तिक १७, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनअन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन मात्रै बनाउन सक्यो।

पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। त्यस्तै, कप्तान कुशल भुर्तेलले १४, माहेदी हसनले १३ र किरण ठगुन्नाले १२ रनको योगदान दिए। पोखराका अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ लुम्बिनी लायन्सका रुबेन ट्रम्पेलम्यानले सर्वाधिक ३ विकेट लिए। तिलक भण्डारीले २ विकेट हात पार्दा शेर मल्ल, अभिषेक गौतम र कप्तान रोहितकुमार पौडेलले समान १–१ विकेट लिए। अब लुम्बिनीले जितका लागि ९८ रन बनाउनुपर्नेछ।

 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images