२०८३, मंसिर ४ गते

images

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा नेप्से सीईओको प्रतिबद्धता

बुधवार , मंसिर २, २०८३

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले नेपालको पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित सबै सरोकारवालासँग सहकार्य गर्न नेप्से तयार रहेको बताएका छन्।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँगको भेटमा उनले अर्थ मन्त्रालयले अघि सारेको २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

भेटका क्रममा एसोसिएसनका अध्यक्ष सागर ढकालले २१ बुँदे कार्ययोजनाको प्रभावकारी र समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए। उनले कार्ययोजना कार्यान्वयन हुन सके पुँजीबजारमा देखिएका विद्यमान समस्या समाधान हुनुका साथै लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने बताए।

ढकालले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नियामक निकाय, नेप्से, ब्रोकर कम्पनी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

भेटमा सहभागी दुवै पक्षले पुँजीबजारको दिगो विकासका लागि नीतिगत सुधारसँगै संस्थागत समन्वय, कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।

एसोसिएसनले नेपालको पुँजीबजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउन नेप्सेसँग रचनात्मक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । 

 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images