साताको कारोबारको बुधबार पनि सेयर बजारमा गिरावट आएको छ। अघिल्लो दिन १२.७९ अंकले घटेको बजार परिसूचक नेप्से आज थप ११.०५ अंकले घटेर २ हजार ६२५ अंकमा झरेको छ।
बुधबार दिनभरजसो बजार रातो अंकमा रहेको थियो। आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ।
आज बैंकिङ समूहको सूचक ०.०५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहगत सूचक घटेका छन्। विकास बैंक ०.६५, फाइनान्स ०.९१, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४७ र लगानी समूह ०.१७ प्रतिशतले घटेका छन्।
त्यस्तै, जीवन बीमा ०.३५, उत्पादन तथा प्रशोधन ०.४९, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६५, अन्य समूह ०.५९ तथा व्यापार समूह २.४९ प्रतिशतले घटेका छन्।
बुधबार लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै ३.०७ प्रतिशतले बढेको छ। उपकार लघुवित्तको २.९२, श्रीनगर एग्रिटेकको २.७५ र बेनी हाइड्रोको २.३२ प्रतिशतले मूल्य बढेको छ।
यता, एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ८.६३ प्रतिशतले घटेको छ। सयपत्री हाइड्रोपावरको ६.६५, भिजन लुम्बिनी ऊर्जाको ५.४९, सिर्जनशील लघुवित्तको ४.५८ र चिरख्वा हाइड्रोपावरको ४.३८ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ। त्यसपछि सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, सुपरमादी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक र शिवम् सिमेन्ट अगाडि रहेका छन्।
प्रतिक्रिया दिनुहोस