२०८३, मंसिर ४ गते

images

नेपाल बैंकको डिजिटल कर्जा सेवा सुरु, मोबाइलबाटै २ लाख रुपैयाँसम्म ऋण लिन सकिने

बिहिवार , मंसिर ३, २०८३

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा नयाँ डिजिटल कर्जा सेवा ‘एनबीएल फोनलोन’ (NBL Foneloan) सुरु गरेको छ। बैंकले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यले मोबाइल बैंकिङ एपमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो।

बैंकको NBL BankSmart XP मोबाइल बैंकिङ एपमार्फत उपलब्ध हुने यो सेवा Foneloan Pvt. Ltd. द्वारा सञ्चालित छ। यस सेवामार्फत बैंकका योग्य ग्राहकले कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा नगई मोबाइलबाटै २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार कर्जाको सीमा तथा योग्यता बैंकले निर्धारण गरेका मापदण्डका आधारमा तय हुनेछ। यसमा ग्राहकको तलब जम्मा हुने नियमितता, हालसालैका कर्जा दायित्व तथा विगतको कर्जा भुक्तानी व्यवहारलाई आधार बनाइनेछ।

ग्राहकले लिएको कर्जा एक महिनाभित्र वा १२ महिनासम्म किस्ताबन्दी (ईएमआई) मार्फत भुक्तानी गर्न सक्नेछन्। साथै, तोकिएको अवधिभन्दा अगावै कर्जा चुक्ता गर्न चाहने ग्राहकका लागि पूर्वभुक्तानीको सुविधा पनि उपलब्ध गराइएको छ।

बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका ग्राहकले योग्यता मापदण्ड पूरा गरी NBL BankSmart XP एपमार्फत NBL Foneloan सेवा लिन सक्नेछन्। योग्य ग्राहकले मोबाइल एपबाटै कर्जाका लागि आवेदन दिन र आवश्यक प्रक्रिया पूरा गर्न सक्ने बैंकले जनाएको छ।

डिजिटल माध्यमबाट छिटो, सरल र सहज रूपमा औपचारिक कर्जामा पहुँच विस्तार गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकको भनाइ छ। यस सेवाले साना तथा तत्काल आवश्यक पर्ने वित्तीय आवश्यकता पूरा गर्न ग्राहकलाई शाखा धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images