होमपेज > स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्यो

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्यो

बिज्ञापन

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव नौ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या छ लाख ७२ हजार ४८९ रहेकामा आर्थिक वर्ष २०८१/८२ मा १० दशमलव नौ प्रतिशतले बढेर सात लाख ४५ हजार ७७० पुगेको हो।

आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार उच्च शिक्षा अध्ययनरत कूल विद्यार्थीमध्ये व्यवस्थापन सङ्कायमा सबैभन्दा बढी ५० दशमलव ५ प्रतिशत छन् भने कृषिमा सबैभन्दा कम शून्य दशमलव १५ प्रतिशत रहेको छ। व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८० प्रतिशत रहेका छन्।

केन्द्रीयरप्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी सम्बन्धनमा नेपालमा सञ्चालित क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिकमा ४७ दशमलव नौ र सम्बन्धन प्राप्तमा २७ दशमलव ४ प्रतिशत गरी कूल ७५ दशमलव ३ प्रतिशत छन्। अन्य विश्वविद्यालयरकार्यक्रममा २४ दशमलव १ प्रतिशत विद्यार्थी छन्। सरकारी लगानीका हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७ दशमलव ५ प्रतिशत र अन्य विश्वविद्यालयरकार्यक्रममा ३२ दशमलव ५ प्रतिशत लगानी रहेको छ।

हाल मुलुकमा २०८२ फागुनसम्म १५ केन्द्रीय र छ प्रादेशिक गरी २१ विश्वविद्यालय तथा सङ्घअन्तर्गत छ र प्रदेशअन्तर्गत दुई गरी आठ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले