होमपेज > बैंक तथा वित्तीय संस्थाहरूको २०८२ का लागि बिदा सूची सार्वजनिक (सूचीसहित)

बैंक तथा वित्तीय संस्थाहरूको २०८२ का लागि बिदा सूची सार्वजनिक (सूचीसहित)

बिज्ञापन

नेपाल राष्ट्र बैंकले आगामी २०८२ वर्षको बैंक बिदा सूची सार्वजनिक गरेको छ। राष्ट्र बैंकले २०८२ मा कुल ४८ दिन बैंक बिदा रहने सूची सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूची अनुसार, नयाँ वर्ष अर्थात् वैशाख १ गतेदेखि बैंक बिदा हुनेछ। साथै, वैशाख १८ गतेको विश्व मजदुर दिवस र ९ मे, १० मे का दिनहरू सार्वजनिक बिदा हुनेछन्। दसैँका अवसरमा, असोज ६ गते घटस्थापना र असोज १३ गते फूलपातीदेखि असोज १८ गते द्वादशीसम्म बैंक बिदा रहनेछ। तिहारको दौरान पनि कात्तिक ३ गते लक्ष्मीपूजादेखि कात्तिक ७ गते भाइटिका सम्म बिदा रहनेछन्।

यस वर्ष पनि प्रत्येक शनिबार बैंक बिदा हुनेछ भने शुक्रवार भने आधा दिनको बिदा हुनेछ। थप रूपमा, प्रदेश सरकारले आफ्नो प्रदेशमा घोषणा गरेको बिदा अनुसार एक वर्षमा अधिकतम ६ दिनसम्म सार्वजनिक बिदा हुनेछ, जसको असर सम्बन्धित प्रदेशका कार्यालयमा मात्र हुनेछ।

नेपाल राष्ट्र बैंकले आगामी वर्षका लागि बैंकिङ र कार्यालय समय पनि निर्धारण गरेको छ। २०८२ वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजे देखि अपराह्न ५ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म रहनेछ। प्रत्येक शुक्रवार कार्यालय समय बिहान १० बजे देखि १:३० बजेसम्म हुनेछ।

बैंकिङ समय पनि नयाँ तालिकाअनुसार वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजे देखि अपराह्न ४ बजे सम्म हुनेछ। कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बैंकिङ समय बिहान १० बजे देखि अपराह्न ३ बजे सम्म हुनेछ। प्रत्येक शुक्रवार बैंकिङ समय बिहान १० बजे देखि मध्याह्न १२स्३० बजेसम्म रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले