होमपेज > सलिकोले आमाको माया छात्रावासमा वितरण गर्‍यो खाद्यान्न सामग्री

सलिकोले आमाको माया छात्रावासमा वितरण गर्‍यो खाद्यान्न सामग्री

बिज्ञापन

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा आज वीरगन्जस्थित आमाको माया छात्रावासमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

मानवीय सेवामा केन्द्रित यस कार्यक्रममा छात्रावासका विद्यार्थी भाइबहिनीहरूलाई विशेष भोजन गराउनुका साथै आवश्यक खाद्यान्न सामग्री वितरण गरेको कम्पनीले जनाएको छ । सलिकोका प्रदेश प्रमुख निशान्त कुमार लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शिव खनाल प्रमुख अतिथिको रूपमा उपस्थित थिए ।

यस्तै, निप्स वीरगन्ज च्याप्टरका अध्यक्ष तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख बद्री बहादुर अधिकारी विशिष्ट अतिथि थिए । कार्यक्रममा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रदेश प्रमुख धिरज कुमार शर्मा, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश प्रमुख सुरेश गुप्ता, र शिखर इन्स्योरेन्सका शाखा प्रमुख नितेश कुमार दास लगायतका अतिथिहरूको उपस्थिति थियो।

यस कार्यक्रमको सञ्चालन सलिको शाखा २ का प्रमुख दिलीप कुमार ढुङ्गेलले गरेका थिए । कम्पनीले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै छात्रावासका बालबालिकाहरूको मुहारमा खुसी ल्याउन पाएकोमा खुसी व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले