होमपेज > स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

बिज्ञापन

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयर (आईपीओ) बिक्रीमा ल्याएको थियो।

उक्त अवधिमा कुल २४ लाख ४० हजार ४६० जनाले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २ हजार ३०० जनाको आवेदन प्रक्रिया नपुगेको भन्दै रद्द गरिएको छ।

रीतपूर्वक आवेदन दिएका २४ लाख ३६ हजार ३९३ रहेकोमा, १९ हजार ५१९ जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन्। त्यसबाहेक, १० कित्ताभन्दा बढीको आवेदन दिएका मध्ये थप ५ जनाले १/१ कित्ता अतिरिक्त सेयर पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

कम्पनीले नतिजा अनलाइनमा सार्वजनिक हुन केही समय लाग्ने जानकारी दिएको छ। मेरो सेयरको वेबसाइटः– https://iporesult.cdsc.com.np/, बिक्री प्रबन्धकको वेबसाइटः– https://result.nabilinvest.com.np/search/ipo-share र मेरो सेयर एपः– https://meroshare.cdsc.com.np/#/login मा नतिजा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले