२०८२ कार्तिक ८ शनिबार

जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी रकम करिब रु. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। असोज २२ गतेसम्मको तथ्याङ्कअनुसार देशभरका निर्जीवन बिमा कम्पनीहरूमा जम्मा ३ हजार ९९ वटा बिमा दाबी दर्ता भएका छन्।

बिमा प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीहरूमा यस अवधिसम्म यति ठूलो परिमाणको दाबी रकम पुगेको हो। प्राप्त दाबी रकममध्ये हालसम्म रु. १ अर्ब २९ करोड १९ लाख बराबरको भुक्तानी गरिएको छ, जसमा अग्रिम भुक्तानीसमेत समावेश छ।

यस्तै, क्षतिको विस्तृत मूल्याङ्कनका लागि बिमा कम्पनीहरूले हालसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ सर्भे प्रतिवेदन बिमा कम्पनीहरूमा पेस भइसकेका छन्। बिमा प्राधिकरणका अनुसार बाँकी दाबीहरूको मूल्याङ्कन र भुक्तानी प्रक्रिया क्रमशः अगाडि बढाइँदैछ। आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ मूल्याङ्कन पछि कुल भुक्तानी रकम अझै बढ्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय