घर तथा कार्यालय सजावट सामग्री आपूर्तिमा संलग्न हलेसी डेकोरले व्यापारमा पारदर्शिता र विश्वास बढाउने उद्देश्यले डिजिटल बिलिङ प्रणाली लागू गरेको छ। कम्पनीले सोमबार एक कार्यक्रममार्फत कम्प्युटराइज्ड बिल प्रणालीको औपचारिक घोषणा गरेको हो।
विगत १५ वर्षदेखि कुर्सी, पर्दा, सोफा, कार्पेट, फर्निचर, पार्केट, म्याट्रेस, सिरानी, बेडसिटलगायत सजावट सामग्री ग्राहकको चाहना र बजेटअनुसार उपलब्ध गराउँदै आएको हलेसी डेकोरले अबदेखि सबै कारोबार कम्प्युटर–जेनरेटेड बिलमार्फत गर्ने जनाएको छ।
कम्पनीका अनुसार, यस प्रणालीले व्यापारिक पारदर्शिता, इमानदारी, र ग्राहक विश्वासलाई थप सुदृढ गर्नेछ। अब कम्पनीका सबै सामग्रीमा एमआरपि (Maximum Retail Price) स्पष्ट रूपमा उल्लेख गरिने र सबै कारोबार सुरक्षित तथा प्रमाणित हुने कम्पनीले जनाएको छ।
‘बिक्री पछिको सेवा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा लिएका हलेसी डेकोरले १५ वर्षको अनुभव, उचित मूल्य, र ग्राहक–अनुकूल सेवाको आधारमा पारदर्शी र दिगो व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।













