२०८२ कार्तिक ८ शनिबार

लुम्बिनी सेरामिक्स लिमिटेडले आगामी कार्तिक १७ गते विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले सभामा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सम्बन्धी महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गर्ने जनाएको छ।

सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने निर्णय र सो आईपीओबाट संकलन हुने पूँजीको उपयोग योजना प्रस्तुत गरिनेछ। यसअघि नै कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउने उद्देश्यले नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ।

लुम्बिनी सेरामिक्स लिमिटेडले सतप्रतिशत भिट्रीफाईड टाईल्स उत्पादन गर्दै आएको छ, जुन नेपालमै पहिलोपटक उत्पादनमा ल्याइएको दावी कम्पनीले गरेको छ। बर्दियाको गुलरिया नगरपालिका–५ मा अवस्थित कम्पनीको उत्पादन प्लान्ट करिब १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ। उत्पादन तथा बजार विस्तारसँगै पूँजी जुटाउने उद्देश्यले कम्पनीले आईपीओ निष्काशनको तयारी थालेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय