२०८२ कार्तिक ८ शनिबार

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको जम्मा ६.१९ प्रतिशत मात्र खर्च गरेको छ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा चार अर्ब १७ करोड ९१ लाख २६ हजार रुपैयाँ खर्च गरिएको छ। चालु आवका लागि प्रदेश सरकारले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

पौडेलका अनुसार चालु खर्चको तुलनामा पुँजीगत खर्च अझै कम देखिएको छ। “पुँजीगत खर्च अपेक्षाकृत न्यून छ, जसले विकास निर्माणका कामहरूमा ढिलाइ हुने संकेत गर्छ,” उनले भने।

प्रत्येक आर्थिक वर्षको सुरुवाती महिनाहरूमा ढिलो प्रक्रिया, ठेक्का सम्झौता तथा प्राविधिक तयारी नपुगेको कारणले पुँजीगत खर्च सुस्त हुने गरेको सरोकारवालाहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार यथाशीघ्र खर्चको गति बढाउन नसके चालु आवमा पनि विगतका वर्षहरूझैं बजेट कार्यान्वयन प्रभावकारी नहुने चिन्ता बढ्दै गएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय