२०८३, श्रावण २३ गते

स्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु

शुक्रवार , जेठ १, २०८३

महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले स्थानीय तहमा १९ अर्बभन्दा बढी बेरुजु कायम रहेको देखाएको छ। सो प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बराबर छ । लेखापरीक्षणका क्रममा सुरुमा २१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको थियो। प्रारम्भिक प्रतिवेदनपछि २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ फस्यौट भए पनि अझै १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजु बाँकी रहेको छ। बाँकी बेरुजुमध्ये २ अर्ब १ करोड ३३ लाख रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ म्याद नाघेको पेश्की रहेको प्रतिवेदनले जनाएको छ। यो पनि पढनुहोस् -  https://businessnewsnepal.com/74132 यस वर्ष लेखापरीक्षणबाट औँल्याइएपछि ४९१ स्थानीय तहले ३२ करोड १९ लाख रुपैयाँ असुल गरेका छन् भने प्रारम्भिक प्रतिवेदनपछि थप ५०२ स्थानीय तहले ४७ करोड ९६ लाख रुपैयाँ असुल गरेका छन्। यसरी चालु वर्षमा कुल ८० करोड १४ लाख रुपैयाँ असुल भएको छ। विगत वर्षको बेरुजु सम्परीक्षणका क्रममा ४८२ स्थानीय तहबाट १ अर्ब १ करोड ८७ लाख रुपैयाँ असुल गरिएको छ। चालु वर्षसमेत जोड्दा कुल १ अर्ब ८२ करोड १ लाख रुपैयाँ असुल भई राजस्व खातामा दाखिला भएको प्रतिवेदनमा उल्लेख छ। गत वर्षसम्म स्थानीय तहतर्फ कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ रहेकोमा यस वर्ष सम्परीक्षणबाट ८ अर्ब १४ करोड ६४ लाख रुपैयाँ फस्यौट भएको छ। समायोजन तथा सम्परीक्षणबाट २८ करोड २२ लाख रुपैयाँ थप हुँदा चालु वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु २ खर्ब २० अर्ब ४७ करोड २६ लाख रुपैयाँ पुगेको प्रतिवेदनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!