२०८३, आश्विन १९ गते

आजको सेयर बजार: तीन दिनपछि नेप्सेमा झिनो अंकको सुधार, कतिको भयो कारोबार?

बिहिवार , आश्विन १५, २०८३

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक स्थिरजस्तै रहेको छ। आज नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा बन्द भएको छ।

कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज ३५३ वटा धितोपत्रको १ करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ५१ हजार ७४५ पटकको कारोबारबाट किनबेच भएको छ। बिहीबार १३९ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन सिन्धु विकास बैंकको सेयर मूल्य सर्वाधिक १०.८१ प्रतिशतले बढेर ४९३ रुपैयाँ पुगेको छ। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता ८०६ रुपैयाँ ९० पैसा पुगेको छ। यता, सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६६ प्रतिशतले घटेर ५२४ रुपैयाँ कायम भएको छ। स्वाभिमान लघुवित्तको सेयर मूल्य पनि ५.३३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ३३० रुपैयाँ १० पैसामा झरेको छ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको प्रतिकित्ता ४५९ रुपैयाँ ९० पैसाका दरले ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशत बढेको हो।

त्यस्तै, अपी पावर दोस्रो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३४१ रुपैयाँका दरले २२ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेका छन् भने नौ समूहको घटेका छन्। व्यापार समूहको परिसूचक सर्वाधिक १.०५ प्रतिशतले घटेको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images