२०८३, आश्विन १९ गते

ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई पनि बिक्रीको जिम्मा दिने तयारी

शुक्रवार , आश्विन १६, २०८३

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायका आउटलेटबाट समेत खाना पकाउने ग्यास (एलपीजी) बिक्री–वितरण गर्ने तयारी भइरहेको बताएका छन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यास आपूर्तिमा असहज अवस्था उत्पन्न हुँदा सहज वितरणका लागि सुरक्षा निकायलाई समेत ग्यास बिक्रीको व्यवस्था गर्न लागिएको जानकारी दिए।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हाल पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्दै आएका छन्। यिनै निकायका पेट्रोलियम आउटलेटबाट एलपीजी ग्याससमेत बिक्री गर्न सकिने व्यवस्था मिलाउन लागिएको उनले बताए।

“सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ,” सचिव तामाङले भने।

उनले पेट्रोल बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमा कम्तीमा एक–दुईवटा ग्यास बिक्री केन्द्रसमेत राख्ने गरी आवश्यक तयारी भइरहेको बताए। सम्भावित ग्यास अभावलाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थापनलाई थप सहज र सुरक्षित बनाउन यस्तो व्यवस्थागर्न लागिएको उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images