धादिङको गल्छी गाउँपालिका–७ स्थित मछेडी खोला नजिक ग्यास बोकेको बुलेट पल्टिएर ग्यास चुहावट भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
दुर्घटनामा बुलेटका चालक घाइते भएका छन्। सडकमा पल्टिएको बुलेटबाट ग्यास चुहिन थालेपछि आसपासका स्थानीय त्रसित बनेका छन्।
ग्यास चुहावटका कारण सम्भावित जोखिम बढेपछि प्रहरीले उक्त सडकखण्डमा सवारी आवागमन रोकेको छ। घटनास्थलमा आवश्यक परे प्रयोग गर्न गजुरीबाट दमकलसमेत बोलाइएको छ।
ग्यास चुहावट भइरहेकाले घटनास्थलमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा उक्त सडकखण्डमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको छ।
ग्यास चुहावट नियन्त्रणमा लिन तथा सम्भावित दुर्घटनाबाट जोगिन सुरक्षा सतर्कता अपनाइएको छ।
प्रतिक्रिया दिनुहोस