धादिङस्थित पृथ्वीराजमार्गको गल्छीमा सडक भासिएपछि सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्यामकुमार बस्नेतका अनुसार सडक भासिएपछि राजमार्गको दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको हो।
उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिने क्रम जारी छ। सडक थप भासिँदै गएपछि जोखिमसमेत बढेको छ।
पृथ्वीराजमार्ग अवरुद्ध हुँदा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधन प्रभावित भएका छन्। सडक भासिने क्रम जारी रहेकाले थप जोखिमको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस