२०८३, आश्विन २३ गते

काँग्रेसको मतदानको समय तेस्रोपटक थपियो, अब साँझ ७ बजेसम्म मतदान

शुक्रवार , आश्विन २३, २०८३

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदानको समय फेरी थपिएको छ । 

केन्द्रीय निर्वाचन समितिले दिउसो ३ बजेसम्म तोकेको समयलाई साँझ ७ बजेसम्म बढाएको जानकारी दिएको छ । यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको समय फेरी बढाइएको हो । 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ । 

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!