२०८३, आश्विन २८ गते

सुन तोलामै २१ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

सोमवार , आश्विन २६, २०८३

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ४ हजार १९३.८१ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६०.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!