सामसङ नेपालले एनसेलसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि दशैंलक्षित विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत एनसेलका ग्राहकले छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन खरिदमा ३१ प्रतिशतसम्मको छुट तथा लाभ प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले सामसङको जारी चाडपर्व अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । दुवै अफरको लाभ जोड्दा योग्य मोडेलहरूमा कुल ३१ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ ।
‘स्मार्ट अपग्रेड घरमा, लकी सर्प्राइज चाडमा१’ भन्ने नारासहित सञ्चालन भइरहेको सामसङको चाडपर्व अफरलाई यो सहकार्यले थप आकर्षक बनाउने कम्पनीको विश्वास छ । यसबाट एनसेलका ग्राहकलाई दशैंको अवसरमा घरायसी उपकरण अपग्रेड गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
यो अफरको लाभ लिन ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज्’ सेक्सनमा गएर आफूलाई उपलब्ध छुटको विवरण हेर्न सक्नेछन् । एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने उत्पादनमा छुटसहितको छुट्टै अफर प्राप्त गर्ने एनसेलले जनाएको छ ।
ग्राहकले एनसेल एपबाट अफर कोड लिएपछि नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गएर आफूलाई आवश्यक टिभी, फ्रिज वा वासिङ मेसिन खरिद गर्न सक्नेछन् ।
सामसङ र एनसेलबीचको यो सहकार्यले चाडपर्वको समयमा ग्राहकलाई घरायसी उपकरण खरिदमा थप बचतको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस