कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ।
बैंकको विराटनगर शाखामार्फत उपलब्ध गराइएको उपकरणले अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउन सहयोग पुग्ने बैंकले जनाएको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले कोशी अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. आलोक झा तथा शाखा अधिकृत तिलोचन न्यौपानेको उपस्थितिमा उपकरण हस्तान्तरण गरेका हुन्।
कामना सेवा विकास बैंकले कोशी अस्पताललाई वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ। बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ र चिसो पिउने पानीको सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उपकरण हस्तान्तरण कार्यक्रममा अस्पतालका कायममुकायम मेडिकल सुपरिटेन्डेन्ट डा. झाले बैंकको सहयोगले अस्पतालमा आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई पिउने पानीको सुविधा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले स्वास्थ्य क्षेत्रमा बैंकले गरेको योगदानको प्रशंसा पनि गरे।
कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख भुसालले समुदायको स्वास्थ्य, सुविधा र सामाजिक विकासमा योगदान गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको जानकारी दिए।
कार्यक्रममा बैंक तथा अस्पतालका कर्मचारीहरूको उपस्थिति थियो। बैंकले आगामी दिनमा पनि मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस