स्थानीय बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस