२०८३, आश्विन ३० गते

खसीको मासुको मूल्य ह्वात्तै बढ्यो, उपभोक्ता मारमा

बुधवार , आश्विन २८, २०८३

दशैँ नजिकिएसँगै काठमाडौँमा खसीको मासुको मूल्य ह्वात्तै बढेको छ। बाढीपहिरो, सडक अवरोध र ढुवानीमा समस्या देखाउँदै व्यवसायीले मूल्य बढाएपछि उपभोक्ता मारमा परेका छन्।

काठमाडौँमा अहिले खसीको मासु प्रतिकिलो १ हजार ६०० देखि १ हजार ७०० रुपैयाँसम्म बिक्री भइरहेको छ। गत वर्षको दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँसम्म रहेको मासुको मूल्य यस वर्ष ३०० रुपैयाँसम्म बढेको हो।

व्यवसायीका अनुसार बाढीपहिरोका कारण विभिन्न जिल्लाबाट खसीबोका काठमाडौँ ल्याउन कठिन भएको छ। सडक अवरुद्ध हुँदा ढुवानी खर्च बढ्नु र बजारमा आपूर्ति घट्नुले मासुको मूल्य बढेको उनीहरूको भनाइ छ।

यस्तै, कलंकी खसीबजारमा जिउँदो खसीबोकाको मूल्यसमेत बढेर प्रतिकिलो ७५० देखि ८५० रुपैयाँसम्म पुगेको छ। गत वर्षको दशैँमा जिउँदो खसीबोका प्रतिकिलो ६५० देखि ७०० रुपैयाँसम्ममा कारोबार भएको थियो।

खसीबोकाको मूल्य बढेसँगै दशैँमा मासु किन्ने उपभोक्ताको खर्चसमेत बढ्ने भएको छ। खसीबोकासँगै कुखुराको मासुको मूल्य पनि बढेको छ।

चाडपर्वको समयमा मासुको मूल्य बढ्दा उपभोक्तालाई थप आर्थिक भार परेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!