२०८३, कार्तिक २५ गते

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सोमवार , कार्तिक २३, २०८३

नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अनियन्त्रित भएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खस्दा तीनै जना गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार सोमबार बिहान १० बजेर ५५ मिनेटमा बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङको मृत्यु भएको छ। त्यस्तै, मोटरसाइकलमा सवार विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्‍याइएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।मोटरसाइकल दुर्घटनाको कारणबारे थप विवरण खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images