होमपेज > आज एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज एलआईसी नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिज्ञापन

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) को लाभांश सुरक्षित गर्ने आज असार १५ गते अन्तिम दिन रहेको छ।

इन्स्योरेन्स कम्पनीले २३औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असार १६ गते एक दिन बुक क्लोज गर्ने भएकाले आजसम्म नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसमेत)वितरणको प्रस्ताव गरेको छ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ। त्यसैगरी सर्वसाधारण शेयरधनीतर्फ (समूह ख) बाट १ जना सञ्चालक निर्वाचन गर्ने र संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकको अनुमोदन गर्नेछ।

त्यस्तै बोनस शेयर वितरणपछि पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम गर्न वा नियमनकारी निकायबाट निर्देशन भए बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ। इन्स्योरेन्स कम्पनीले यही असार ३० गते सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः४५ बजेदेखि साधारण सभा बोलाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  2. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  3. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  4. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  5. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  6. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  7. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  8. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  9. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  10. १० स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  13. १३ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  14. १४ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  15. १५ नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?