होमपेज > मुग्लिन–पोखरा खण्डको मादी पुल निर्माण तीव्रता

मुग्लिन–पोखरा खण्डको मादी पुल निर्माण तीव्रता

बिज्ञापन

मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गकै सबैभन्दा लामो आर्क डिजाइनको मादी पुल निर्माण तीव्र गतिमा भइरहेको छ। पुल निर्माणका लागि दैनिक एक सय ३० कामदार परिचालन गरिएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको पुल पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले कलात्मक आर्क डिजाइनमा निर्माण भइरहेको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार पुल केवल यातायातका लागि मात्र नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले बनाइँदैछ।

तीन सय १५ मिटर लामो पुलको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भइसकेको आयोजनाले जनाएको छ। सम्झौताअनुसार समयमै काम नसकिएपछि ११ महिना म्याद थप गरिएको छ। पुलको ढलान गर्नुअघि फर्मा लगाउने, डण्डी तान्ने र टेका लगाउने जस्ता कामहरू भइरहेको इञ्जिनियर पाण्डेले बताए। चार लेनको एउटै बेस भएको मादी पुल पृथ्वी राजमार्गकै पहिलो र सबैभन्दा लामो पुल हुने बताइएको छ। पुलमा छ वटा स्पान निर्माण हुनेछन्।

निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते रु एक अर्ब २१ करोडमा तीन वर्षभित्र पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ र नयाँ पुल त्यसबाट करिब ५० मिटर दूरीमा निर्माण भइरहेको छ। मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण भइसकेका छन् भने ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ। पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  2. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  3. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  4. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  5. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  6. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  7. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  8. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  9. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  10. १० स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  13. १३ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  14. १४ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  15. १५ नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?