होमपेज > पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् बिहीबारको राशिफल

पाथिभरामाताको दर्शन गर्दै पढ्नुहोस् बिहीबारको राशिफल

बिज्ञापन

मेष

धैर्य र पराक्रमले आँटेका कार्यमा सफलता मिल्नेछ। घर परिवारमा आफूभन्दा सानाको साथ र सहयोग मिल्ला। विभिन्न अवसरले पछ्याउनेछ। दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

समाजमा प्रतिष्ठा बढ्नेछ। साहसिक कार्य गरेर अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा अनुभवको भरपुर फाइदा उठाउन सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

सिंह

कार्यक्षेत्रमा कार्यलाई बेवस्था नगर्नुहोस्। कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिनेछ। सामाजिक कार्य गर्दै अरूको उपकार गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

 नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ। उपलब्धिको लागि केही प्रतीक्षा गर्नुपर्ला। आयआर्जनका नयाँ अवसरहरू बन्नेछन्। पिताद्वारा सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु 

सहयोगीहरूबाट सहयोग मिल्नेछ। घर परिवारमा रमाइलो समय बित्नेछ। अध्यात्म ज्ञानमा विकास हुनेछ। विद्यार्थीहरूलाई गुरुजनहरूको सहायता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

समयको सदुपयोग गर्ने प्रयास गर्नुहोला। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। आत्मबलमा वृद्धि हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

वृष

सञ्चित धनमा वृद्धि हुनेछ। विद्यार्थीहरूको तर्कशक्तिमा विकास हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

 वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्। विदेशतिर ताक्नेहरूको लागि समय अनुकूल रहेको छ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

नोकरी वा पेशामा उन्नति हुनेछ। सेवामूलक कार्य गरेर आफूलाई चिनाउन सक्नुहुनेछ। कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग निकटता बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक

व्यर्थका काममा व्यस्त हुने र उपलब्धिहीन कार्यमा समय बित्नेछ। आफ्ना कमी कमजोरी बाहिरिनाले समस्या पर्ला। आहारविहारमा सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर

नँया पहिरनले व्यक्तित्वमा निखार आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। शुभचिन्तकहरूको सहयोग मिल्नेछ। उधारो दिएको पैसा लिने प्रयास गर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन 

अवसरवादीहरूबाट सावधान रहनुहोला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। इष्टमित्रको सहयोगले रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत