होमपेज > माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती

माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती

बिज्ञापन

देश संघीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ । त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ । त्यही अवधारणा अनुरुप मुगुको खत्याड गाँउपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक । तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकास पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोवार नगरेकाले मुगुका खत्याडबासी मारमा परेका छन ।

खत्याड गाँउपालिका र पालिकाभित्र रहेका जुनसुकै सरकारी काम काजका लागि राज्यलाई दिनुपर्ने राजश्व बुझाउन घन्टौं पैदल हिडेर सदरमुकाम गमगढी बजार पुग्नुपर्ने बाध्यता छ । नत्र छिमेकी जिल्ला बाजुराको धुलाचौरमा रहेको राष्ट्रिय बैकमा गएर राजश्व जम्मा गर्नुपर्ने बाध्यता छ । तर पालिकामै रहेको माछापुच्छ्रे बैंकबाट राजश्व र पेन्सेन पट्टा सेवा लिने राष्ट्र सेवकहरुले पाउनुपर्ने सेवा वापतको रकम सम्बन्धी कारोबार बैंकले नगर्दा सेवाग्राही मारमा छन् । सेवा दिलाउनको लागि पालिकाले बैंक समक्ष पटक पटक आग्रह गरेको भएपनि कुनै सुनुवाइ नभएको खत्याड गाँउपालिकाका उपाध्क्षय सरिता रोकायाले बताइन ।

पालिकामा माछापुच्छे बैंक स्थापना हुँदा उत्साहित भएका स्थानीयबासी अहिले निराश छन् । बैंकले पेन्सेन पट्टाबाट सेवा लिने राष्ट्र सेवा र राज्यलाई राजश्व बुझाउन बैंकमार्फत सजिलो हुनेभयो भन्ने सोचेका थियौं तर बैंकबाट कुनैपनि सेवा नहुने भएको हुँदा दुई दिन पैदल हिडेर सदरमुकाम गमगढी जानुपर्ने बाध्यता छ । पेन्सन सेवा लिन र राज्यलाई राजश्व बुझाउन बैंकमा इन्टरनेट र बैंकको सिस्टम नचल्दा पनि ढिला हुने गरेको छ,’ स्थानीय धनसुर थापाले भने ।

पालिकामै स्थापना भएको बैंकले यस्ता सामान्य सेवा सुविधा उपलब्ध गराउन भन्दै केन्द्रीय कार्यालयमा नै पहल गरेको भएपनि केन्द्रीय बैंकको नीति नभएकाले समस्या भएको माछापुच्छ्रे बैंकका जुनियर असिस्टेन्ट दलबहादुर कार्कीले बताए । आन्तरिक राजश्वको खाता बैकसँग सहकार्य नभएको हुनाले पालिका र अन्य नागरिकहरुले राज्यलाई तिर्ने राजश्व बैंकले कारोबार नगरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत