होमपेज > राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सलबलाए: महासचिव भुसाल

राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सलबलाए: महासचिव भुसाल

बिज्ञापन

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सही दिशा लिन नसक्दा पुनर्उत्थानवादी शक्तिहरू सलबलाएका बताएका छन् ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र उनको समर्थनमा भएका प्रदर्शनलाई लक्षित गर्दै अब त्यस्ता शक्तिलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको भुसालले बताए । पार्टीको रुपन्देही १० औँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार बुटवलमा सम्बोधन गर्दै महासचिव भुसालले नेपालबाट राजतन्त्र हटाइसकेकाले यो फर्किएर आउन सम्भव नरहेको बताए।

उनले कुशासन र बेरोजगारी समस्याका कारण पुनर्उत्थान र पपुलिस्ट शक्तिहरूको स्वर चर्को भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसतर्फ सचेत रहन आग्रहसमेत गरे । उनले अबको संकटबाट बाहिर निस्कन प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दम्भ र घमण्ड छोड्नुपर्ने बताए ।

आफ्नो पार्टीले मुलुकमा भएको अस्तव्यस्ताबाट बाहिर निकाल्न र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलनको कार्यक्रम घोषणा गरेको उनले जानकारी दिए । त्यसैका आधारमा राष्ट्रिय ऐजेन्डामा आउन पनि उनको आग्रह छ । यस्तै कार्यक्रममा पार्टीका उपमहासचिव मेटमणि चौधरीले संविधान रक्षाका लागि आफूहरूले एमालेबाट विद्रोह गरेको बताए । उनले अहिलेको राजनीति पनि आफूहरूको पार्टीकै वरिपरि घुमेको बताए ।

यस्तै सचिव तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने पहिलो पार्टी नै आफूहरूको भएको बताए ।अधिवेशन उद्घाटन सत्रमा पार्टीका पोलिटब्युरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुलले आफूहरूको एजेन्डा ठीक भएकाले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

आइतबार बन्द सत्र हुने कार्यवाहक अध्यक्ष श्रीराम यादवले जानकारी दिए । आइतबारको बन्दसत्रमा सांगठिकलगायत विभिन्न प्रतिवेदन र प्रस्तावमाथि छलफल गरी नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  2. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  3. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  4. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  5. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  6. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  7. नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  8. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  9. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  10. १० निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  11. ११ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  12. १२ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  13. १३ ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  14. १४ ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  15. १५ बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले