शेयर बजारको मंगलबार कारोबार दिन नेपाल स्टक एकसेन्ज (नेप्से) परिसूचक बढको छ । आज नेप्से ८.७८ अंकले बढेर २७१२.८६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३३५ कम्पनीको ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको २३ करोड ५७ लाख रुपैयााको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै अपर लोहरे हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ।

