होमपेज > ताप्लेजुङ पाथीभरामा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय

ताप्लेजुङ पाथीभरामा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय

बिज्ञापन

नो केबलकार समूहले बिहीबार एक चालकलाई कुटपिट गरी गाडीमा क्षति पुर्‍याएको भन्दै ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले आजबाट ताप्लेजुङमा सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ।

पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केबलकारको सन्दर्भलाई लिएर केबलकार खारेजी पक्षले गरिरहेको आन्दोलनको क्रममा बिहीबार पाथीभरामा आउने काफ्लेपाटी तर्फ स्वास्थ्यकर्मी लिएर जाने क्रममा केबलकार खारेजी पक्षले साङ्घातिक आक्रमण गरी मे १ ज २५७९ नं। को सवारी साधनमाथि नियन्त्रणमा लिई गाडीमा समेत क्षति पुर्याउनुको साथै चालक राजकुमार पौडेललाई समेत मरणासन्न हुनेसम्म कुटपिट गरेको घटना प्रति सवारी चालक मजदुर संघले भर्त्सना पनि गरेको छ।

आजदेखि मेची राजमार्ग, तमोर करिडोर र धरान(वसन्तपुर( गुफा सडक हुँदै ताप्लेजुङ जिल्ला प्रवेश गर्ने सम्पूर्ण सडक सडक साथै जिल्लाका अन्य शाखा सडकहरूमा समेत चल्ने सम्पूर्ण यातायातका साधन बन्द गरिएको एक विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

नेपाल सरकारलाई २६० प्रतिशतसम्म भन्सार शुल्क बुझाई चर्को मूल्यमा बैंकबाट ऋण लिई खरिद गरी किस्ता तिर्दै आत्मनिर्भर हुन रोजगारी गरिरहेको अवस्थामा जीवनयापनको आधारमै क्षति पुर्याउने जस्ता अमानवीय कार्यप्रति खेद प्रकट गर्दै अपराधीलाई तुरुन्त कानुन बमोजिम कारबाही गरियोस् भन्ने माग समेत ताप्लेजुङ पाथीभरा यातायात सेवा प्रालिले अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत