होमपेज > नेपालद्धारा भारतलाई थप २ सय ५१ मेगावाट बिजुली

नेपालद्धारा भारतलाई थप २ सय ५१ मेगावाट बिजुली

बिज्ञापन

भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको प्रस्ताव स्वीकृत गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यस्तै नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि भारतले ६ सय ९० मेगावाट बिजुली खरिदको स्वीकृति दिएकोमा अहिले २ सय ५१ मेगावाट थपेर कुल २८ वटा परियोजनाबाट ९ सय ४१ मेगावाट बिजुली किन्ने भएको हो । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गएको आर्थिक वर्षमा १६ अर्ब ९३ अर्ब रुपैयाँ बराबरको बिजुली बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरैले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात शुरू गरेकोमा अहिले भारतले रियल टाइम मार्केटमा समेत पहुँच दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आउँदो १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म बिजुली बिक्री गर्ने परिकल्पना गरेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एशिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा पुगेको छ । बङ्गलादेशलाई ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता टुङ्गो लागेर गएको साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तर बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण हस्ताक्षर स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत