होमपेज > पाथिभरा मन्दिरमा भक्तजनको घुइचो, एक दिनमै सात हजारले गरे दर्शन

पाथिभरा मन्दिरमा भक्तजनको घुइचो, एक दिनमै सात हजारले गरे दर्शन

बिज्ञापन

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढीले दर्शन गरेका छन्। शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेका हुन्।

दशैँ तिहारपछि शनिबार सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि दसैँ तिहारको समयमा मात्र यो प्रकारको भीड लागेको थियो। बिहान ३ बजेदेखि नै लाइन लगाएर गराइएको पूजा करिब दिउँसो तीन बजेसम्ममा सकिएको उहाँले बताउनुभयो।

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो। यसअघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए। यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए। तर, शनिबार भने यो सिजनै धेरै दर्शनार्थी पाथिभरा मन्दिर आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो।

उहाँका अनुसार भोलि रामनवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको छ। यता हिजोदेखि पाथिभरा दर्शन गर्न आउने तीर्थयात्रीले ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार, काफ्ले पाटी र माथिल्लो फेदीका होटल भरिभराउ छन्। सदरमुकाम फुङलिङका धेरै जसो होटल शुक्रबारदेखि २५ गतेसम्म बुक भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत