होमपेज > कतै तपाईंले बिर्सनु त भएन? सालापा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

कतै तपाईंले बिर्सनु त भएन? सालापा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

बिज्ञापन

सालापा विकास बैंकले सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पुस १६ गतेदेखि खुला भएको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । शनिबारसम्म यस आइपीओमा १९ लाख ६२ हजार ६९ जनाले २ करोड ३० लाख ८० हजार ४३० कित्ता शेयरका लागि आवेदन दिइसकेका छन् ।

कम्पनीले प्रति युनिट १०० बराबर मूल्यमा १४ लाख ३९ हजार १७९ इकाई शेयर निष्कासन गरेको छ । कम्पनीको जारी पूँजी ५२ करोड २३ लाख छ । यसमध्ये ३३ प्रतिशत अर्थात् १७ लाख २३ हजार ८८० इकाई शेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनिले बताएको छ । यस साधारण सार्वजनिक निष्कासनमध्ये १० प्रतिशतले हुन आउने एक लाख ७२ हजार ३८८ इकाई शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूलाई पहिले नै बाँडफाँड गरिएको छ ।

त्यस्तै सर्वसाधारणको लागि निष्कासन गरिएको शेयरमध्ये ०.५० प्रतिशत अर्थात् २६ हजार ११९ इकाइ कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ भने प्रस्तावित शेयरको ५ प्रतिशतले हुन आउने ८६ हजार १९४ इकाइ म्युचुअल फन्डहरूका लागि छुट्याइएको छ ।

आईपीओ निष्कासनको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन प्रबन्धक नियुक्त गरिएको छ । आवेदन दिनेले न्यूनतम १० इकाइ र अधिकतम २५ हजार इकाइका लागि दिन सकिने छ ।

नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त ‘बि’ वर्गको विकास बैंक, सालापा विकास बैंक लिमिटेड (SBBL) खोटाङमा आधारित ६ वटा शाखा र यसको मुख्य कार्यालय भएको एक जिल्ला क्षेत्रीय बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  2. डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  3. कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  4. त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ
  5. महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
  6. सडक पुगेपछि फेरिँदै घ्याङलेखको मुहार : दुर्गम गाउँमा विकासको नयाँ यात्रा
  7. द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग’ ब्रोंज अवार्डबाट सम्मानित
  8. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सोमबार उद्घाटन हुँदै
  9. साताको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
  10. १० नेपालको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड, एक वर्षमा थपियो ३ खर्ब ऋण
  11. ११ आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  12. १२ बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  13. १३ निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  14. १४ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  15. १५ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत