२०८३, आश्विन ५ गते

प्रभु बैंकको संस्थापक शेयर बिक्री खुला

मंगलवार , आषाढ ३, २०८२

प्रभु बैंक लिमिटेडको ९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीका लागि राखिएको छ। यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर सिलबन्दी बोलपत्रमार्फत आजदेखि आवेदन खुला गरिएको हो । शेयर खरिदका लागि इच्छुक व्यक्ति, संघसंस्था वा कम्पनीहरूले न्यूनतम १,००० कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ। बोलपत्र आगामी असार १० गतेभित्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमा पेस गर्न सकिनेछ। सेयर खरिद गर्न ईच्छुक व्यक्ति तथा संस्थाले नागरिकता प्रमाणपत्र, दर्ता प्रमाणपत्र (संस्थाको हकमा), कर चुक्ता प्रमाणपत्र, संचालक समितिको निर्णय प्रतिलिपि, र विगत दुई आर्थिक वर्षदेखि नाफामा रहेको प्रमाण पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!