२०८३, आश्विन ५ गते

प्रभु बैंकका ११ शेयरधनीको १२ लाखबढी कित्ता संस्थापक शेयर बिक्रीमा

बुधवार , श्रावण २१, २०८२

प्रभु बैंक लिमिटेडका ११ जना संस्थापक शेयरधनीले एकैचोटी १२ लाख ३५ हजार ६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। शेयरधनीहरू खिम बहादुर गुरुङ्ग, निमानन्द खनाल, इन्दिरा ढकाल, कृष्ण प्रसाद नेपाल उपाध्याय, किरण भक्त श्रेष्ठ, अनिल भक्त श्रेष्ठ, सुनिल भक्त श्रेष्ठ, दिनेश भक्त श्रेष्ठ, सन्ध्या थापा क्षेत्री, चंद्र शम्शेर जवरा र किशोर कुमार महर्जनले शेयर बिक्रीमा राखेका हुन्। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्। यसका लागि ३५ दिनको समयावधि दिइएको छ। शेयर किन्न इच्छुक शेयरधनीले तोकिएको म्यादभित्र आवश्यक कागजात सहित काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!