२०८३, भाद्र ८ गते

images

हेटौंडा कपडा उद्योग अवलोकनपछि उद्योगमन्त्री गौरीकुमारी यादवले भनिन्- अर्थसँग थप बजेट माग्दैनौँ

शनिवार , भाद्र ६, २०८३

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई नियमित सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागिने बताएकी छन्।

शनिबार हेटौंडा कपडा उद्योगको स्थलगत अवलोकनपछि मन्त्री यादवले उद्योग सञ्चालनका लागि सरकार आफ्नै स्रोत परिचालन गर्ने बताइन्। औद्योगिक क्षेत्रबाट वर्षौंदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरी प्राप्त रकम उद्योगको स्तरोन्नति तथा सञ्चालनमा परिचालन गर्ने गरी व्यवस्था मिलाइने उनको भनाइ छ।

7779a039-0b04-43f7-a453-d4929c1836c0.jpg

‘हेटौंडा कपडा उद्योगलाई अब परीक्षणमै सीमित राख्नु हुँदैन, नियमित र निरन्तर उत्पादनमा लैजानुपर्छ,’ मन्त्री यादवले भनिन्। हाल उद्योगमा १० वटा लुम सञ्चालनमा रहेका छन्। थप १० वटा मेसिनसमेत सञ्चालनमा ल्याउने तयारी भइरहेको उद्योगले जनाएको छ। नेपाली सेनाका अधिकारीहरूले उद्योगमा रहेका मेसिन तथा उपकरणको अवस्था परीक्षण तथा निरीक्षण गरिरहेको र सम्भव भएसम्म थप मेसिन सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी मन्त्री यादवलाई गराएका थिए।

21675dd2-9f26-4d53-bfb6-8ec0c680c160.jpg

मन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उद्योगलाई दिगो रूपमा सञ्चालन गर्न नेपाली सेनाको निरन्तर सहयोग आवश्यक रहेको उनको भनाइ छ।

edde95ea-7c3e-462d-9e1a-685f7efee8b8.jpg

‘अब हेटौंडा कपडा उद्योग निरन्तर सञ्चालन हुनुपर्छ। त्यसका लागि अझै अग्रसर भएर आवश्यक सहयोग गर्न नेपाली सेनालाई अनुरोध गर्दछु,’ उनले भनिन्। मन्त्री यादवले आफूहरूले दिएको समयसीमाभित्र उद्योगलाई परीक्षण सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली सेनालाई धन्यवादसमेत दिइन्।

हेटौंडा कपडा उद्योगमा रहेका सम्पूर्ण मेसिन सञ्चालनमा ल्याउन सके स्वदेशमै पर्याप्त मात्रामा कपडा उत्पादन गर्न सकिने मन्त्री यादवको विश्वास छ। सरकारले लामो समयदेखि बन्द सरकारी उद्योगलाई पुनः सञ्चालनमा ल्याउने क्रममा तत्काल नयाँ बजेटमा निर्भर नभई आफ्नै स्रोत परिचालन गर्ने नीति अघि सारेको हो।

c79b8279-ddde-42c4-baa2-c45a7d36f7fe.jpg


 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!