२०८३, आश्विन २८ गते

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

मंगलवार , आश्विन २७, २०८३

बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन्। संघको २६औँ अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन समितिका अनुसार कुल १ हजार ८१० मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४६६ मत खसेको थियो। अध्यक्ष पदमा निर्वाचित पौडेलले ८३३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी टंकप्रसाद गैरेले ६०९ मत प्राप्त गरेका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि पौडेल र गैरेको नेतृत्वमा दुई प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। निर्वाचनमा अध्यक्षसहित विभिन्न पदाधिकारी तथा सदस्य पदमा दुवै प्यानलका उम्मेदवार निर्वाचित भएका छन्।

पौडेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, महासचिवमा वसन्तप्रसाद ढकाल, सचिवमा दीपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली ९मञ्जु० निर्वाचित भएका छन्।

त्यस्तै, गैरे प्यानलबाट उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी र कोषाध्यक्षमा टिकराम बन्जाडे निर्वाचित भएका छन्।

सदस्यतर्फ पौडेल प्यानलबाट उद्योग सदस्यमा लेखनाथ भण्डारी, सुनिता शर्मा बन्जाडे र ज्ञानबहादुर पुन निर्वाचित भएका छन्। वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, रामबहादुर भण्डारी र उमेश अमात्य विजयी भएका छन्।

खुला सदस्यमा पौडेल प्यानलबाट विष्णु घिमिरे पन्थ, कमला, विष्णुप्रसाद उपाध्याय, दीपक घिमिरे र प्रदीप शाक्य निर्वाचित भएका छन्। महिला सदस्यमा मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ निर्वाचित भएका छन्।

गैरे प्यानलबाट एसोसिएट्स सदस्यमा बालकृष्ण पौडेल, उद्योग सदस्यमा गोपाल टण्डन र वाणिज्य सदस्यमा सुनिता गिरी निर्वाचित भएका छन्। त्यस्तै, खुला सदस्यमा विजयकुमार वर्णवाल, गोपालप्रसाद बस्याल र सुनिता अर्याल विजयी भएका छन्।

निर्वाचनबाट पदाधिकारी तथा सदस्य पदमा मिश्रित परिणाम आए पनि अध्यक्ष पदमा भने पौडेलले स्पष्ट मतान्तरसहित विजय हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!