२०८३, आश्विन ५ गते

एसीसी प्रिमियर कपमा विजयी सुरुआत, कप्तान सन्दीपले लिए पाँच विकेट

सोमवार , भाद्र १५, २०८३

नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुआत गरेको छ। सोमबार मलेसियाको यूकेएम यूएसडी ओभलमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको हो।

बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै तीन विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ तथा कप्तान रोहितकुमार पौडेलले अविजित १९ रन बनाए। आसिफ शेखले १८ र देव खनालले १० रन जोडे। बहराइनका इमरान जाबेद अन्वरले नेपालको तीनमध्ये दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु टिक्न सकेन। बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भयो। उसका फैज अहमदले सर्वाधिक १५, मोहम्मद वासिमले १३ र अली दाउदले १० रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै पाँच विकेट लिए। उनले १० ओभरमा चार मेडन राख्दै १४ रन मात्र खर्चिए। ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए।

बहराइनलाई सस्तैमा समेटेर सहज लक्ष्य पाएको नेपालले त्यसपछि संयमित ब्याटिङ गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो।

नेपालले अब प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार घरेलु टोली मलेसियाको सामना गर्नेछ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!