२०८३, आश्विन ५ गते

तेस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

शनिवार , आश्विन ३, २०८३

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार कात्तिक ९ गते हुने उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।

लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। त्यसपछि मंसिर १ गते पहिलो क्वालिफायर, मंसिर २ गते इलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते आयोजना हुनेछ।

क्यानका अनुसार एनपीएलका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। तेस्रो संस्करणको एनपीएलमा सहभागी टोलीहरूले लिग चरणमा प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोलीहरू प्लेअफमा पुग्नेछन्। क्वालिफायर र इलिमिनेटरबाट फाइनलका दुई टोलीको टुंगो लाग्नेछ। 

NPL-SCHEDULE-768x960.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!