नेपालीहरूको प्रमुख चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। दशैं, तिहार हुँदै छठसम्मको उत्सवलाई थप विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्।
योजनाअन्तर्गत भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा २ हजार ५ सय रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।
त्यस्तै, भाटभटेनीबाट सामान खरिद गर्दा नेपालपे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले पनि अर्को नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्। यसरी चाडपर्वको अवधिमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन्।
नयाँ पुस्ताको इलेक्ट्रिक एसयूभी पन्च ईभी
यस योजनाको मुख्य आकर्षण बनेको नयाँ टाटा पन्च ईभी आधुनिक इलेक्ट्रिक एसयूभी हो। नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको पन्च ईभीमा प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
‘एक्टि.ईभी’ प्लेटफर्ममा आधारित नयाँ पन्च ईभी ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणअनुसार यसले एकपटकको पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ।
पन्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हरमन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सका नेपालभर २० वटा शोरुम सञ्चालनमा रहेका छन्। यससँगै अब नेपालभरका २८ वटा भाटभटेनी स्टोरमा समेत टाटा कारबारे जानकारी लिन सकिने कम्पनीले जनाएको छ। चाडपर्वको अवसरमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकले विभिन्न सरप्राइजसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस