भोटेकोसी नदी क्षेत्रमा आएको भीषण बाढीका कारण प्रभावित सडक यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावतीस्थित फलाकु खोलामाथि निर्माण गरिएको एक्रो बेलीब्रिज सञ्चालनमा ल्याइएको छ।
भदौ १० गते आएको बाढीको ४५ दिनपछि पुल निर्माण सम्पन्न भएको हो। नेपाली सेनाले आइतबार असोज २५ गते एक कार्यक्रमबीच बेलीब्रिजको उद्घाटन गरेको छ।
बेलीब्रिज सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित सडक सम्पर्क पुनः सहज हुने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा, यात्रु तथा उक्त सडकखण्ड भएर आवतजावत गर्ने सवारीसाधनलाई राहत पुग्ने विश्वास गरिएको छ।
भदौ १० गते आएको भीषण बाढीले सडक तथा पुलका संरचनामा क्षति पुर्याएपछि त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आवागमन सहज बनाउन तथा प्रभावित क्षेत्रको सडक सम्पर्क पुनःस्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस