सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सेवा तथा पूर्वाधार सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेशको एक मात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको सेवा प्रभावकारी बनाउने र पूर्वाधार सुधार गर्ने उद्देश्यले सरकारले उक्त बजेट छुट्याएको हो।
आर्थिक मामिलामन्त्री चक्र मल्लले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अस्पताल सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।
बजेटबाट अस्पतालको सेवा प्रवाह तथा पूर्वाधार सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस