२०८३, कार्तिक ११ गते

‘गौँथली’ ले जित्यो ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

बुधवार , कार्तिक ११, २०८३

नेपाली कथानक चलचित्र ‘गौँथली’ ले फ्रान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा ‘वेस्ट फरेन सिनेमा’ अवार्ड जितेको छ । नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय स्तरमा यो उपलब्धि हासिल भएको हो ।

फ्रान्सको क्यान्समा मासिक तथा वार्षिक रूपमा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ लाई ‘रिमेम्बर द फ्युचर’ नामले समेत चिनिन्छ ।

अवार्ड प्राप्त गरेपछि चलचित्रका निर्देशक डा। कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभई भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको सुन्दर यात्रा भएको बताएका छन् ।

२५ वर्षअघि आफ्ना बुबा डा.भोला रिजालले निर्माण गरेको गीति चलचित्र ‘गौँथली’ को भाव, माया र विरासतलाई आत्मसात् गर्दै नयाँ पुस्तासम्म नयाँ शैलीमा पुर्‍याउने प्रयास गरेको निर्देशक रिजालको भनाइ छ ।

चलचित्रका निर्माता सुमन गिरीले यस उपलब्धिलाई नेपाली चलचित्र र नेपाली माटोको जितका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ‘गौँथली’ ले नेपाली चलचित्रको गौरवमय इतिहासमा अर्को उपलब्धि थपेको छ ।

प्रदर्शनको १०० दिन पूरा गरिसकेको यस चलचित्रले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको दाबी गरिएको छ । उक्त व्यापारसँगै ‘गौँथली’ नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्र बनेको दाबी गरिएको छ ।

चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । नेपाली कथा, भावना र मौलिकतालाई प्रस्तुत गर्ने प्रयास गरेको ‘गौँथली’ ले अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड जितेसँगै नेपाली चलचित्रको चर्चा थप बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images