युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, खेलकुद, संगीत र मनोरञ्जनलाई समेटेर ‘पल्सर आरपीएम’ कार्यक्रम पोखरामा आयोजना हुने भएको छ । कार्यक्रम कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुन लागेको हो ।
कार्यक्रममा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, क्यालिस्थेनिक्स, संगीतलगायत विभिन्न गतिविधि सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।
यसअघि काठमाडौं र बुटवलमा आयोजना भइसकेको पल्सर आरपीएम पोखरामा हुन लागेको हो । बुटवलमा करिब २ हजार ५०० जनाले सहभागिता जनाएका थिए । पोखरामा पनि धेरै युवाको सहभागिता हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा पल्सर एन १६० मोटरसाइकलमार्फत स्टन्ट प्रदर्शन गरिनेछ। साथै, बीएमएक्स, स्केटबोर्डिङ, गेम अफ स्केट र क्यालिस्थेनिक्सका गतिविधि पनि हुनेछन् । स्थानीय डिजे र ग्राफिटी कलाकारले आफ्नो कला प्रस्तुत गर्नेछन् ।
त्यस्तै, पल्सर एन १६० र एनएस २०० मोटरसाइकलको प्रदर्शनी तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना छ । सहभागीले खाना, कफी, पपअप स्टोर र अन्य मनोरञ्जनात्मक गतिविधिको अनुभव लिन सक्नेछन् ।
कार्यक्रमको उद्देश्य युवालाई आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गर्ने अवसर दिनुका साथै स्थानीय खेल, कला र संगीतलाई प्रोत्साहन गर्नु हो ।
कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ भने मुख्य गतिविधि दिउँसो २:३० बजेदेखि सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस