२०८३, कार्तिक २५ गते

सोलुखुम्बुको फेरुचेमा दुई हेलिकप्टर ठोक्किए, एक विदेशी पर्यटकको मृत्यु (भिडियो)

मंगलवार , कार्तिक १७, २०८३

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी ललितपुरस्थित मेडिसिटी अस्पताल पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मंगलबार बिहान ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनास्टिक एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। दुर्घटनामा भारतीय नागरिक वसन्त कुमार बालारामारामाडुको मृत्यु भएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए। घाइते शैलेश कृष्ण पटेललाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी मेडिसिटी अस्पताल पुर्‍याइएको उनले बताए।

प्रहरीका अनुसार पटेलसँग भारतीय राहदानी भए पनि उनी न्युजिल्यान्डका नागरिक हुन्। दुर्घटनामा मृत्यु भएका पर्यटकको शव लुक्लास्थित अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै हेलिकप्टरका पाइलट भने सकुशल रहेका छन्। 

दुर्घटनाको कारण र भौतिक क्षतिको विवरणबारे प्रहरीले अनुसन्धान तथा जानकारी संकलन गरिरहेको जनाएको छ। दुर्घटनाका बेला दुवै हेलिकप्टरमा कति यात्रु सवार थिए भन्ने विवरण खुल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images